लघु, घरेलु तथा साना उद्योगहरुको स्थापना विकास र विस्तारका लागि सो सम्बन्धी प्रशासनिक र प्रवर्द्धनात्मक कार्य गर्ने,
लघु, घरेलु तथा साना उद्योगहरुको संरक्षण, सम्बर्द्धन र प्रवर्द्धनमा सहयोग पुराउने,
विपन्न पिछाडिएका तथा बेरोजगार युवा जनशक्तिहरुलाई स्वरोजगार बनाई आय आर्जनमा बृद्धि गर्दै गरिबी न्यूनिकरणमा सहयोग पुराउने,
जिल्लामा संभाव्य उद्योग व्यवसायको पहिचान गरी व्यवसाय स्थापनमा जोड दिने,
स्थानीय उद्यमीहरुको आवश्यकता र मागको आधारमा स्थानीय कच्चापर्दाथ स्रोत साधनमा आधारित विभिन्न किसिमको सीप विकास तालिम प्रदान गर्ने,
उद्योग व्यवसाय संचालन गर्नको लागि व्यवसायिक ज्ञानका लागि उद्यमशीलता विकास तालिम संचालन गर्ने,
उद्यमीहरुलाई प्राविधिक तथा परामर्श सेवा प्रदान गर्ने,
उद्यमीहरुको उत्पादन उपभोक्तासम्म पुराई बिक्री वितरणमा सहजिकरण गर्ने,
उद्यमीहरुलाई नयाँ विकसित प्राविधिको बारेमा जानकारी दिई गुणस्तरीय वस्तु उत्पादन गर्न प्रोत्साहन गर्न औद्योगिक प्रदर्शनी तथा औद्योगिक अवलोकन भ्रमण कार्यक्रमहरु संचालन गर्ने,
महिला उद्यमी विकास कार्यक्रम संचालन गर्ने,
वाणिज्य क्षेत्रको नियमन, संरक्षण तथा प्रवर्द्धनका लागि वाणिज्य प्रशासन सम्बन्धी सम्पूर्ण कार्य गर्ने,
उद्योग, वाणिज्य क्षेत्रको नियमन गर्दै उपभोक्ता हित प्रवर्द्धन गर्न नियमित अनुगमन निरीक्षण गर्ने ।