"समृद्धिका लागि उद्यमशीलता र नवप्रवर्तन।"
उद्योग व्यवसायको दिगो विकास तथा प्रवर्द्धन मार्फत रोजगारी सिर्जना गर्दै फराकिलो र समावेशी आर्थिक वृद्धि हासिल गर्नु।
लघु, घरेलु तथा साना उद्योगहरूको संरक्षण, सम्वर्द्धन र प्रवर्द्धनमा प्राविधिक तथा संस्थागत सहयोग पुर्याउने। विपन्न, पिछडिएका तथा बेरोजगार युवाहरूलाई स्वरोजगार बनाई आयआर्जनमा अभिवृद्धि गर्दै गरिबी न्यूनीकरणमा टेवा पुर्याउने। जिल्लामा सम्भाव्य उद्योग व्यवसायको पहिचान गरी लगानी आकर्षण र व्यवसाय स्थापनामा जोड दिने। लघु, घरेलु तथा साना उद्योगहरूको स्थापना, विकास र विस्तारका लागि प्रशासनिक, नियमनकारी र प्रवर्द्धनात्मक कार्यलाई प्रभावकारी बनाउने।