वाणिज्य फर्म दर्ता
Business Registration
१. वाणिज्य फर्म दर्ता गर्दा आवश्यक पर्ने कागजात
वाणिज्य फर्म दर्ता गर्दा निम्नानुसारको कागजातको आवश्यकता पर्दछ -
• नागरिकताको फोटोकपी - १ थान
• जग्गा धनिपुर्जाको फोटोकपी - १ थान
• जग्गा एकाघरको नाममा भए मन्जुरीनामा/लिजमा लिएको भए सम्झौतापत्र र जग्गा धनीको नागरिकताको फोटोकपी -१/१थान
• पालिका वा वडाको सिफारिस (पालिकामा दर्ता भइसकेको फर्मको लागि सिफारिस आवश्यक नपर्ने, प्रमाणपत्रको फोटोकपी भए हुने) -१/१थान
• हालसालै खिचेको फोटो - ३ थान
• कोडेड फाईल - १ थान
साझेदारी फर्मको लागि थप कागजात
• स्थानीय तहबाट प्रमाणित भएको साझेदारहरुको आपसी सम्झौता वा करार पत्र – ३ प्रति नेपाली कागजमा
• साझेदारहरुको कबुलियतनामा – घरेलु तथा साना उद्योग कार्यालयमा हुने
अन्तशुल्क इजाजत पत्र
• मदिरा / सुर्तीजन्य वस्तुको कारोबार गर्दा राजश्व कार्यालय / कोष तथा लेखा नियन्त्रक कार्यालयबाट । प्रत्येक श्रावण महिनाभित्र नविकरण गरिसक्नु पर्ने।
मोनि चेन्जर/मोनि ट्रान्सफरको लागि थप कागजात
• नेपाल राष्ट्र बैंकको स्वीकृति पत्र
औषधीको कारोबार गर्ने फर्मको लागि थप कागजात
• संघीय औषधी व्यवस्था विभागको सक्कल सिफारिस र अनुमति पत्र
विषादी जन्य व्यवसायको लागि थप कागजात
• विषादी जन्य व्यवसायको लागि अनुमति दिने निकायको सिफारिस वा अनुमति पत्र
२. प्रमाणपत्रको अवधि र नविकरण सम्बन्धी व्यवस्था
दर्ता गरेपछि फर्मको अवधि ३ वर्षको हुने र अवधि सकिएको ३ महिनाभित्र नविकरण गरी सक्नु पर्दछ । नविकरण गर्दा देहायको कागजातहरु आवश्यक पर्दछ -
• अघिल्लो आर्थिक वर्षको कर चुक्ता गरेको निस्साको फोटोकपी ।
• पचासलाख माथि पूँजी भएको फर्मको हकमा अघिल्लो आर्थिक वर्षको लेखा परीक्षण प्रतिवेदनको फोटोकपी ।
• फर्मको सक्कल प्रमाणपत्र ।
३. वाणिज्य फर्म दर्ता र नविकरण गर्दा लाग्ने शुल्क
अधिकृत पूँजी दर्ता / नविकरण
(क) रु. पाँच लाखसम्म २००० / २०००
(ख) रु. पाँच लाख भन्दा बढी बीस लाखसम्म ४००० / ४०००
(ग) रु. बीस लाख भन्दा बढी पचास लाखसम्म ७००० / ५०००
(घ) रु. पचास लाख भन्दा बढी एक करोडसम्म १५००० /१००००
(ङ) रु. एक करोड भन्दा बढी पाँच करोडसम्म २५००० / १५०००
(च) रु. पाँच करोड भन्दा बढी दश करोडसम्म ३५००० / २००००
(छ) रु. दश करोड भन्दा बढी जतिसुकै भएपनि ६०००० / ३००००
४. फर्मको अवधि र थप नविकरण दस्तुर
दर्ता भएपछि फर्मको अवधि ३ वर्ष रहन्छ । प्रत्येक ३/३ वर्षमा फर्म नविकरण गर्नु पर्दछ । नविकरण अवधि पुगेको ३ महिना भित्र फर्म नविकरण गरिसक्नु पर्छ । समयमा नविकरण गर्न नसके देहाय बमोजिमको थप दस्तुर लिई नविकरण गरिदिने व्यवस्था रहेको छ ।
• महिनापछि पहिलो १ वर्षभित्र २५ प्रतिशत
• १ वर्ष पूरा भएपछि दोस्रो वर्षभित्र ५० प्रतिशत
• २ वर्ष पूरा भएपछि तेस्रो वर्षभित्र १०० प्रतिशत
नविकरण अवधि पुगेको अर्को ३ वर्ष भित्र पनि नविकरण हुन नसक्ने फर्म स्वतं खारेज हुने र तिर्न बाँकी रकम सरकारी बाँकी सरह असुल उपर गरिने व्यवस्था रहेको छ ।
५. नविकरण सम्बन्धी विशेष व्यवस्था
कोशी प्रदेश आर्थिक ऐन, २०८३ अनुसार तोकिएको समयभित्र नवीकरण हुन नसकेका फर्महरूले २०८४ असार मसान्तभित्र नविकरण वा खारेजीका लागि निवेदन दिएमा, प्रत्येक ३ वर्षलाई एक अवधि मानी नियमित शुल्कमा १०० प्रतिशत थप दस्तुर लिई नविकरण वा खारेज गर्ने व्यवस्था रहेको छ ।
६. दर्ता गर्दा सहुलियत सम्बन्धी व्यवस्था
प्रदेश निजी तथा साझेदारी फर्म दर्ता नियमावली, २०७८ को नियम २१ अनुसार महिला र दलित समुदायका व्यक्तिलाई दश लाख रुपैयासम्म अधिकृत पूँजी भएको फर्म दर्ता गर्न तोकिएको दस्तुरमा ५० प्रतिशत छुट र १० लाख रुपैयादेखी २० लाख रुपैयासम्म अधिकृत पूँजी भएको फर्म भए १० प्रतिशत छुट हुने व्यवस्था रहेको छ ।
७. विवरण हेरफेर सम्बन्धमा
विवरण हेरफेरका लागि घरेलु तथा साना उद्योग कार्यालयसँग अनुमति लिनु पर्छ । त्यसका लागि आवश्यक कागजात देहाय बमोजिम रहेको छन् -
• फर्म दर्ता प्रमाणपत्र
• कारण खुलेको निवेदन
• कर चुक्ता प्रमाणपत्र
नाम, ठेगाना, उद्धेश्य थपघट, कारोबार परिवर्तन गर्दा रु. ५०० दस्तुर लाग्छ । तर पूँजी थपघट गर्दा दर्ता गर्दा लाग्ने हालको दस्तुरमा साविकको पूँजीअनुसार बुझाएको दस्तुर कट्टा गरी बाँकी हुन आउने दस्तुर मात्र लाग्छ । तथापी, मोनि ट्रान्सफरको कारोबार थप गर्दा पूँजी अनुसार र मोनि ट्रान्सफरमा अन्य कारोबार थप गर्दा नयाँ दर्ता सरह दस्तुर लाग्छ । फर्म दर्ता भएको एक वर्ष पूरा नभई कारोबार र पूँजी थपघट गर्न मिल्दैन ।
८. फर्म स्थानान्तरण सम्बन्धमा
फर्मको स्थानान्तरण गर्नु परे घरेलु तथा साना उद्योग कार्यालयसँग स्वीकृति लिनु पर्छ । त्यसका लागि आवश्यक कागजात देहाय बमोजिम रहेको छन् -
प्रदेश भित्र एक स्थानीय तहबाट अर्को स्थानीय तहमा
• सम्बन्धित स्थानीय तहको सहमित पत्र
• साझेदारी फर्म भए साझेदारहरुको निर्णय
• स्थानान्तरण भएर जाने स्थानको सर्जमिन मुचुल्का
• जग्गा धनिपूर्जा
• कर चुक्ताको प्रमाणपत्र
• दस्तुर रु. ५००
अर्को प्रदेशबाट स्थानान्तरण भई आउने फर्म
• नयाँ दर्ता सरह दस्तुर लिई अर्को प्रमाणपत्र दिने
अर्को प्रदेशमा स्थानान्तरण भई जाने फर्म
• मन्त्रालय बाहेकको अन्य निकायले मन्त्रालयको अनुमति लिनु पर्ने
• स्थानान्तरण भई जाने जिल्लाको घरेलु तथा साना उद्योग कार्यालयको सहमति पत्र
• कर चुक्ताको प्रमाणपत्र
• दस्तुर रु. १०० (निवेदन दस्तुर)
९. फर्मको सम्पर्क कार्यालय खोल्ने सम्बन्धमा
मुख्य कार्यालयको ४० प्रतिशत भन्दा बढी उत्पादन नगर्ने गरी देहायको कागजात लिई इजाजत लिनका लागि निवेदन दिन पर्ने व्यवस्था रहेको छ -
• सम्बन्धित स्थानीय तहको सिफारिस
• जग्गा धनी पूर्जा
• इकाई भए इकाईले सम्पादन गर्ने अधिकतम पूँजी
• कर चुक्ताको निश्सा
• दस्तुर रु. ५०० (निवेदन दस्तुर थप १००)
१०. फर्मको नामसारी सम्बन्धमा
फर्म विक्री वा अन्य कारणले अन्य व्यक्तिको नाममा नामसारी गर्दा देहायको कागजात सहित निवेदन दिनु पर्ने व्यवस्था छ ।
• फर्मको सक्कल प्रमाणपत्र
• आयाकर चुक्ता गरेको प्रमाण
• फर्म लिनेको ३ प्रति फोटो र नागरिकता
• राजश्व कार्यालयको राय
• फर्म दिने र लिने दुबै पक्ष स्वयं उपस्थित हुनु पर्ने
• नयाँ दर्ता सरह दस्तुर लाग्ने तर संचालकको मृत्यु भई नामसारी गर्नु पर्ने भए कुनै पनि शुल्क नलाग्ने
• संचालकको मृत्यु भए मृत्यु दर्ता प्रमाणपत्र, नजिकका अंशियारले आपसी मन्जुरीको कागज, नाता प्रमाणपत्र
११. कम्पनीले अनुमति लिनु पर्ने
वाणिज्य तर्फको प्रा.लि. अन्य फर्म सरह दर्ता दस्तुर र नियमित नविकरण गर्नु पर्दछ।
१२. फर्म खारेजी सम्बन्धी व्यवस्था
फर्मले तिर्नु पर्ने बाँकी सम्पूर्ण शुल्क असुल उपर गरी निवेदन, कर चुक्ता निश्सा, दर्ता प्रमाणपत्र सहित निवेदन दिनु पर्ने व्यवस्था रहेको छ ।
तर खारेज हुने फर्मको अवधि दर्ता भएको मितिले कम्तिमा ३ वर्ष पुरा हुनु अगावै खारेज गर्नु परेमा सम्बन्धित स्थानीय तहको सिफारिस समेत आवश्यक पर्दछ ।